Message of Chairman

bhupal-sthaNamaste !

The long-cherished hopes of Nepalese citizens of establishing a Nepalese school in Japan finally came to fruition on April 2013 with the overwhelming support of Nepalese residents in Japan. On behalf of our management committee, I would like to express my deepest gratitude to school board, promoters, guardians, school teachers/staffs, school principal, media along with all the Nepalese and Japanese well-wishers for their continued support till date.

As initially targeted, we believe that the establishment of Everest International School, Japan has made it possible for Nepalese parents to educate their children in Japan. Not only are the parents able to educate their children under their direct supervision, the operation of Everest International School, Japan has made it possible for students to learn and practice Nepalese language, values and culture.   Also, we believe that the establishment of Everest International School, Japan has promoted cooperation and mutual understanding between Nepalese community and Japanese community. The growing number of Japanese students at our school and the support we have received from the Japanese dignitaries, city officials and volunteers indicate that Everest International School, Japan will greatly boost both official and grass root exchange and cooperation between the two communities.

As we all know, it is more challenging to sustain an initiative than initiating it. This has been true in our case too. With the growing number of students, we have faced challenges ranging from the day-to- day issues to lack of spacious classrooms, playground facilities, etc. Fortunately, with the support and understanding of the parents, hard work of the teachers, proactive management of our principal, we are addressing these problems and challenges. Indeed, we are committed to providing best possible environment for students to achieve success in terms of academic and personal achievements.

We appreciate and welcome the support and suggestions from each and every one of you.

Thank you !
<!– सम्पूर्ण महानुभावहरु, नमस्कार जापानको नेपाली समुदायले केहि बर्ष पहिलेदेखि चासो राख्दै आएको र चर्चा परिचर्चाको विषय बन्दै आएको नेपाली स्कूलको स्थापना यहांहरुको अमुल्य सहयोगको फ़लस्वरुप २०१३ अप्रिल महिनादेखि संचालनमा आएको एभरेष्ट इन्टरनेशनल स्कुल जापान मार्फ़त यथार्थमा परिणत भएको छ । स्कुल स्थापना देखि आजको स्थितिसम्म ल्याउनको लागि आर्थिक, भौतिक तथा नैतिक रुपमा अमुल्य सहयोग गर्नु भएकोमा सम्पूर्ण संस्थापक सदस्य, प्रोमोटर, अबिभावक, शिक्षक-शिक्षिका, संचारमाध्याम लगायत सम्पूर्ण सहयोगी नेपाली तथा जापानी महानुभावहरुमा ब्यवस्थापन समितिको तर्फ़बाट हार्दिक धन्यबाद एवं कृतज्ञता ब्यक्त गर्दछु । एभरेष्ट इन्टरनेशनल स्कुल जापानको स्थापनाले आफ़्ना बालबच्चाहरुलाई नेपालमै छोडेर उनीहरुको सम्झनामा तडपिंदै जापानमा काम गर्नुपर्ने बाध्यताबाट नेपालीहरुलाई मुक्त बनाउन एक हदसम्मको भूमिका खेलेको छ । अर्थात आफ़्ना बालबच्चाहरुलाई आफ़्नै मौलिक भाषा तथा संस्कृति सहितको स्कुलमा आफ़्नै निगरानीमा पढाउने सपना साकार भएको छ । साथै, जापानमै जन्मे हुर्केर जापानी भाषा र संस्कृति बाहेक थाहा नभएका नेपाली बाल बच्चाहरुलाई नेपाली भाषा संस्कृति सहितको अन्तरराष्ट्रिय स्तरको शिक्षा दिन चाहने अबिभावकहरुको ईच्छा पनि अब पूरा हुने भएको छ । अर्कोतर्फ़, यस स्कुलको स्थापनाले जापानमा नेपाली समाजको उपस्थितिलाई थप उजागर गरेको मात्र नभई नेपालीहरुको शिक्षाप्रतिको लगावलाई पनि स्पष्ट पारेको छ । त्यस्तै स्कुलको माध्यामबाट जापानीहरुको बिचमा नेपाली भाषा संस्कृतिको प्रचार गर्ने तथा बिभिन्न स्तरमा नेपाललाई चिनाउन सहयोग पुगेको हामीले महसुस गरेका छौं । दिन प्रतिदिन जापानी बच्चाहरु भर्ना हुने क्रममा आएको बृद्धि र बिभिन्न जापानी संघ-संस्थाका ब्यक्तित्वहरुको स्कुल भ्रमणले पनि यस कुराको पुष्टि गरिरहेको छ । यसरी, जापानबासी नेपाली समुदायमा देखिएको आफ़्ना बाल बच्चाहरुको शिक्षा सम्बन्धि समस्या समाधान गर्ने कार्यमा सहयोगी भूमिका खेल्नुका साथै नेपाली र जापानी समुदाय बिचको पुलको कार्य गर्न पाएकोमा हामी अत्यन्तै गौरवान्वित छौं । हुनत, कुनै पनि कार्यको थालनी गर्नु भन्दा त्यसलाई निरन्तरता दिने कार्य बढि चुनौतिपूर्ण हुन्छ । सोहि तथ्य यस स्कुलको हकमा पनि लागु हुन्छ । शुरुका दिनहरुमा स्कुलमा आईपर्ने बिभिन्न खालका दैनिक समस्याहरु, बढ्दो बिध्यार्थिहरुको लागि कक्षा कोठा तथा खेलकुद स्थल लगायतका बिभिन्न सुबिधाहरुको अभाब, पाठ्य समाग्रीहरुको अपर्याप्तताको बाबजुद पनि उपलब्ध गराउनु पर्ने गुणस्तरिय शिक्षा, सबै स्तरका बाल बच्चाहरुलाई समेटन नसक्नु आदि हाम्रो लागि चुनौतिपूर्ण रहेका छन । तर सम्पूर्ण शुभचिन्तक तथा सहयोगी महानुभावहरुको एक्यबद्धताको साथ लिंदै हामीले यस किसिमका समस्या तथा चुनौतिहरुलाई पार गर्दै हाम्रा साना-साना नानीहरुको उज्वल भबिष्य निर्माणमा कटिबद्ध भएर सुरक्षित र सुदृढ ब्यवस्थापनका साथ गुणस्तरिय शिक्षाको लागि लागिपरेका छौं । यस कार्यको लागि तपाईहरुको तर्फ़बाट पनि बिभिन्न खालका सुझाब सल्लाह तथा सहयोगको खांचो पर्ने भएकोले बिगतका दिनहरुमा जस्तै आगामी दिनमा पनि स्कुल संचालनमा तपाईंहरुको अमूल्य सहयोगको अपेक्षा गर्दछौं । धन्यबाद । –!>